सडकमा प्रदर्शन गर्न कांग्रेसको निर्देशन कुर्दै नेविसंघ

काठमाडौं । सरकारले संसद विघटन गर्न अघि बढाएको प्रस्तावको चौतर्फी आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको यो कदमको राजनीतिक विरोध गरेको छ । तर, प्रस्ताव अघि बढेपछि अब कसरी अगाडि भन्ने भन्ने निर्णय माउ पार्टीले गरिसकेको छैन । यस्तोमा पार्टीको भ्रातृ संस्था नेविसंघ पनि अलमलमा देखिएको छ । ‘संसद विघटनको प्रधानमन्त्तीको प्रस्ताव संविधान र लोकतन्त्रविरोधी छ’ नेविसंघका अध्यक्ष राजीव ढुंगानाले नेपालवाचसँग भने, ‘पार्टीको बैठक एक बजे बस्दैछ । त्यसपछि पार्टीको कसरी निर्देशन दिन्छ । सोही अनुसार हामी विरोध र प्रदर्शनमा उत्रिन्छौं ।’ सरकारको कदमपछि कांग्रेसका नेताहरुले राजनीतिक रुपमा विरोध गरेका छन् । औपचारिक रुपमा केही बेरमा बस्ने पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले निर्णय गर्दैछ । कांग्रेसका अरु तरुण दल, महिला संघसहितका अरु भ्रातृ शुभेच्छुक संस्थाले पनि विरोध कार्यक्रमबारे अहिलेसम्म केही बताएका छैनन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया