NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

विवाद चर्किएपछि नेकपाको स्थायी समिति बैठक प्रभावित, प्रधानमन्त्रीलाई कारवाही गर्ने तयारी

काठमाडौं । संसद् विघटन गर्ने सरकारको प्रस्तावसँगै तय भएको नेकपाको स्थायी समिति प्रभावित भएको छ । आज १ बजे बस्ने भनेको बैठक अझै बस्न सकेको छैन । आइतवार विहान आकस्मिक मन्त्रीपरिषद् बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव सिफारिसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेसँगै राजनीति तरंगित छ । जसका कारण निर्धारित समयमा स्थायी समिति बैठक बस्न सकेको छैन । संसद् विघटनको कसरी सामना गर्ने भन्नेबारे अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भइरहेको छ । खुमलटार स्रोतका अनुसार अहिले ओली इतरका बहुमत नेताहरू प्रचण्ड निवासमा भेला भएका छन् । उनीहरूसँगको छलफलपछि मात्रै स्थायी समितिको बैठक बस्ने भएको छ । प्रचण्ड – माधव पक्ष बहुमतका आधारमा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने तयारीमा छ । पार्टी निर्णय विपरित एकपछि अर्को कदम चालेको भन्दै कारवाहीको तयारीमा उक्त पक्ष छ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीमाथि पार्र्टीले उपर्युक्त कदम चाल्ने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष