NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीले राजनीतिक अस्थिरताको बिउ रोपे : विश्लेषक खनाल

काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण खनालले प्रधानमन्त्री केपी ओलीबाट राजनीतिक अस्थिरताको बिउ रोप्ने काम भएको बताएका छन् । संविधान बनाउँदा राजनीतिक दलहरुले बदनाम र अस्थिर हुँदै गएको संसदीय व्यवस्थालाई सुधार्ने प्रयास गरे पनि ओलीले संसद विघटनको प्रस्ताव ल्याएर हठात राजनीतिक अस्थिरता निम्त्याएको बताएका हुन् । ‘संसदीय व्यवस्था अस्थिर भएकोले मुख्य राजनीतिक दलहरुको सहमतिमा दुई वर्ष नपुगी अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यस्था गरिएको थियो’ नेपालवाचसँगको कुराकानीमा खनालले भने, ‘राजनीतिक स्थायित्वको लागि कानुनी प्रावधान स्वीकार्ने अवस्था एकातिर छ । याेसँगै प्रधानमन्त्रीलाई संसद विघटको अधिकार पनि छैन । तर, उनले विघटनको प्रस्ताव अघि बढाएर अस्थिरताको बिउ रोपेका छन् । जुन असंवैधानिक छ ।’ देशमा स्थिरता कायम गरेर विकास, समृद्धि र सुशासनको मार्गमा अघि बढ्नुपर्नेमा जनताबाट निर्वाचित भएको दुई तिहाईको सरकारकै प्रधानमन्त्रीबाट संसद विघटन गराउन खोज्नु विडम्बनापूर्ण रहेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष