NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

राष्ट्रपतिले गरिन् संसद भंग, वैशाख १७ र २७ मा चुनावको घोषणा

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकी छिन् । संसद विघटनसँगै नयाँ निर्वाचनको घोषणा भएको छ । नेपालको संविधानको धारा ७६ उपधारा १ र ७ तथा धारा ८५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । संसद विघटनसँगै प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ गते (पहिलो चरण) र वैशाख २७ (दोस्रो चरण) मा हुने घोषणा गरिएको छ । नेकपाकाे आन्तरिक विवाद चर्किंदै अघि बढेको विवाद संवैधानिक परिषद्को बैठक कार्यविधिसम्बन्धी अध्यादेश हुँदै संसद विघटन र नयाँ निर्वाचनकाे घाेषणासम्म पुगेकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष