संसद् विघटनविरूद्ध सर्वाेच्चमा रिट

काठमाडाैं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेकाे छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आइतवार राष्ट्रपतिबाट जारी भएको संसद् विघटन गैरसंवैधानिक भएकाे भन्दै त्यसविरूद्ध रिट लिएर सर्वाेच्च पुगेका हुन् । आफूसँग बहुमत हुँदाहुँदै संसद विघटन गर्नु गैरसंवैधानिक भएको उनको रिटमा उल्लेख छ । उनको रिटको प्रशासनिक काम जारी छ । रिट लिएर उनी दिउँसै अदालत पुगेका थिए । तर, राष्ट्रपतिबाट संसद विघटनकाे प्रस्ताव प्रमाणीकरण नभइसकेकाले रिट दर्ता भएकाे थिएन । राष्ट्रपति कार्यलयबाट संसद् विघटनको पत्र आएपछि दर्ता प्रक्रिया सरु भएको उनले बताए । तर, यसैसँग सम्बन्धित अन्य दुइ रिट पनि सँगै आएकाले दर्ता नम्बर भने भाेलि दिने भएकाे छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया