NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

संसद विघटन : ओलीको कदमविरुद्ध उनकै सात मन्त्रीका पाँच आरोप

काठमाडौं । पार्टी विवाद हुँदै संसद विघटन र नयाँ चुनावसम्म देशलाई होमेपछि प्रधानमन्त्री केपी ओलीकै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुले प्रयास गर्दा पनि ओली नरोकिएको भन्दै सामूहिक राजीनामा दिनुपरेको बताएका छन् । संसद विघटन गैर संवैधानिक मात्रै होइन राजनीतिक अस्थिरता निम्त्याउने खेल भएको आरोप उनीहरुले आफ्नै प्रधानमन्त्रीलाइ लगाउँदै राजीनामा दिनुपरेको उल्लेख गरेका छन् । गैर संवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूलसहितका पाँच शब्दमा उनीहरुले संसद विघटनको विरोध गर्दै राजीनामा दिएको उल्लेख गरेका हुन् । ‘आज मिति २०७७ पौष ५ गतेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित नै छ । त्यसलाई रोक्न हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैर संवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा दिएका छौं’ उनीहरुको सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘मुलुकको राजनीति र पार्टीमाथि आइपरेको यो अकल्पनीय संकटको अवस्थामा नेपाली जनताको त्याग र बलिदानबाट आर्जिएका राजनीतिक उपलब्धी र पार्टी एकतालाई बचाउन हामी सधैंझैं प्रतिवद्ध र सक्रिय रहने छौं ।’ राजीनामा दिनेमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगर छन् ।

ताजा अपडेट

नेपालवाच विशेष