NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने भएको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई पार्टी अध्यक्ष र केन्द्रीय सदस्यसमेत नहरने गरी कारवाही गर्ने निश्चित भएको बताएका हुन् । तर नेकपाको साधारण सदस्य नरहने गरी कारवाही गर्ने की नगर्ने भन्ने सन्दर्भमा भने केन्द्रीय समितिले निर्णय लिने खनालले बताए । ‘मेरो विचारमा उनलाई पार्टीको साधारण सदस्यबाट समेत कारवाही गर्नुपर्छ, तर अध्यक्ष र केन्द्रीय समितिबाट हटाउने निश्चित भएको छ ।’ खनालले भने । नेता खनालले पुस ७ गते बोलाइएको केन्द्रीय समितिको बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सक्ने बताएका हुन् । प्रचण्ड पक्षीय नेकपा सचिवालयको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयले गणतन्त्रको चीरहरण गरेको निष्कर्ष निकालेको छ । त्यसलगत्तै बसेको स्थायी समितिको बैठकले ओलीले चालेको कदम असंवैधानिक र निरंकुश रहेको ठहरसहित भत्र्सना गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष