पाहुना प्रचण्डले घरमुली ओलीलाई निकाल्न खोज्नु गुटको षडयन्त्र : बस्नेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले पाहुना लाग्न आएका प्रचण्डले लोभीपापीहरुको आड लिएर घरमुली केपी ओलीलाई घरबाट निकालेर नौटंगी देखाएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले संसद विघटन गर्ने ओलीलाई स्पष्टीकरण सोध्नबारे जारी गरेको विज्ञप्तिको प्रसंगमा यस्तो बताएका हुन् । ‘घरमा पाहुना लाग्न आएका व्यक्तिले छोरा छोरी मध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौटंकी हो यो कथित स्थायी कमिटी रुपि प्रचण्ड गुटको षड्यन्त्र । के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनितीमा लागेका प्रचण्डले पुर्व एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही रे !’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘विश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुदैछ। चार्ली चाप्लिङ्ग माथ खाने भए अब। आउदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौला। कारवाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला। अनि कारवाही कसले कसलाई गर्छ समयले बताउने छ। आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ। तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइ दिनेछन।’
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया