यी हुन ओली खेमाका प्रभावशाली नेता, अब वामदेव कता ?

काठमाडौं । संसद विघटनसँगै सत्तारुढ दल नेकपामा फुटको घोषणा मात्रै हुन बाँकी छ । पार्टी भित्रको आन्तरिक द्वन्द्वको राप र तापपछि अध्यादेश, संसद विघटनदेखि नयाँ निर्वाचन घोषणसम्म आइपुग्दा नेकपामा फुटको औपचारिक घोषणा मात्रै हुन बाँकी देखिन्छ । यस्तोमा अब नेताहरु को कता लाग्छन् भन्नेमा चासोपूर्वक हेरिएको छ । प्रचण्ड–नेपाल पक्षमा प्रभावशाली नेताहरु देखिंदै गर्दा ओली समूहमा उनलाई क–कसले साथ देलान् भन्नेमा निक्कै चासोपूर्वक हेरिएको छ । संसद विघटनपछि ओलीको कदमको चौतर्फी विरोध भइरहेको छ । तर, पनि ओलीलाई प्रभावशाली नेताहरु महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ जस्ता नेताहरुको साथ देखिन्छ । सचिवालयका ९ सदस्यमध्ये ओलीसहित पौडेल र पोखरेल गरी तीन जनामात्रै यो खेमाका हुन् । ज्ञवाली, पोखरेल र नेम्वाङ स्थायी समिति सदस्य हुन्। ओलीको कदमको मन्त्रिपरिषद्को बैठकमा विरोध गरे पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विघटन ओलीको बाध्यात्मक कदम भएको बताएका छन् । शंकर पोखरेलले पनि संसद विघटन भएर चुनावमा जानुलाई आपत्ति मान्न नहुने बताएका छन् ।अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र ईश्वर पोखरेलले खुलेर समर्थन वा विरोधमा प्रतिक्रिया दिएका छैनन् । ओलीलाई नियम र कानुनी विषयमा नजिकबाट सल्लाह र सुझाव दिने नेता नेम्वाङले पनि खुलेर प्रतिक्रिया दिएका छ्रैनन् । ओलीको बचाउमा उनका सदाबहार विश्वासपात्रद्वय गोकुल बास्कोटा र महेश बस्नेत भने मिडियासम्म आएर फेरि पनि बचाउमा उत्रिएका छन् । जनादेशमा जाने ओलीको कदमलाई विरोध गर्र्नुमा कुनै तुक नभएको उनीहरुको प्रतिक्रिया छ । वामदेव कता ? कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षका रुपमा चर्चा गरिंदै आएका वामदेव गौतम अब कता हुन्छन् भन्ने विषय पनि चासोपूर्ण नै देखिन्छ । यद्यपी उनले संसद विघटनको कदमको विरोध गरेका छन् । यस्तोमा उनी ओलीसँग बस्छन् वा प्रचण्ड–नेपाल कित्तामा उभिन्छन् ? यो नेकपाको विकसित हुँदै जाने राजनीतिले निर्धारण गर्ने देखिन्छ । बादलकाे राजीनामा अाउला ? सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा बादलले ओली र प्रचण्ड कता भन्ने कित्ता क्लियर गरिसकेका छैनन् । सरकारमा ओली पक्षका मन्त्रीहरुले राजीनामा दिंदा आइतबार बादलले राजीनामा दिएनन् । तर, सोमबार बिहान प्रचण्ड र उनी निकटका नेताहरुसँगको भेटपछि बादलले संसद विघटनलाई प्रतिगामी कदमको संज्ञा दिएका छन् । केही बेरमा उनले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नु अगाडिसम्म बादलले पनि गृहमन्त्रीबाट राजीनामा दिने सम्भावना रहेको बुझिएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया