NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड–नेपाललाई वकिलहरुले भने– संसद् जिवितै छ, बहुमत प्रधानमन्त्रीले विघटन गर्न सक्दैनन्

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छलफलमा बोलाएका अधिकांश कानुन व्यवसायीले संसद् जिवितै रहेको बताएका छन् । उनीहरुले बहुमत भएको प्रधानमन्त्रीले संसद् विघटन गर्ने संवैधानिक अधिकार नभएकाले संसद् जिवितै रहेको बताएका हुन् । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार अधिकांशले संसद् विघटन असंवैधानिक भएको बताएका थिए । उनले भने,‘सबै कानुन व्यवसायीले संसद् विघटन भएकै छैन, बहुमत रहेको प्रधानमन्त्रीलाई संविधानमा संसद् विघटन गर्ने अधिकार दिएको छैन, सरकारको यो कदम संविधानमाथिको कु भएको समेत धारणा राखेका थिए ।’ छलफलमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारकै पूर्वअध्यक्ष शम्भु थापालगायतका दर्जनौँ वरिष्ठ कानुन व्यवसायीको उपस्थिति थियो । कानुनव्यवसायीसँगको छलफलपछि प्रचण्ड र नेपालसमूह नेकपाका सांसदसँग छलफलमा जुटिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष