प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिटको चाङ : संवैधानिकमा सहित ११ रिट दर्ता

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्र ओली लगायत १० जनाले नियमित इजलास छुट्टाछुट्टै रिट दायर गरेका छन् । अधिवक्ता सन्तोष भण्डारीले भने संवैधानिक इजलासमा सुनुवाइ हुने गरी रिट दायर गरेका छन् । सर्वोच्चको नियमित इजलासले सुनुवाइ गर्ने १० वटा रिटको पहिलो पेसी भने आगामी बुधबारका लागि तोकिएको सूचना अधिकारी ढकाले जानकारी दिए । सर्वोच्चमा हप्ताको दुई दिन बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने भएकाले एउटा रिटको सुनुवाइ त्यही अनुसार हुन बताए । आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद् विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट लिएर जानेको संख्या ह्वात्तै बढेको हो । सबै रिट निवेदकले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्नु असंवैधानिक भएको तर्क पेस गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको यस कदम अन्तरिम आदेशमार्फत रोक्न पनि माग गरेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया