एकैदिन दुईतिर नेकपाको केन्द्रीय कमिटी बैठक

काठमाडौं । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक दुईतिर बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटी बैठक बोलाएसँगै भोली एकैदिन दुई ठाउँमा बैठक बस्ने भएको हो । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । अर्कातिर, भोली नै दिउँसो नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेता माधव नेपालले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे बानेश्वरमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि बसेको नेकपाको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै मंगलबारलाई केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया