NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

पूर्व माओवादीका तीन नेता ओली समूहमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका तीन पूर्व माओवादी नेताहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । तत्कालीन माओवादीका संसदीय दलका उपनेता समेत रहेका अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र स्थायी समिति सदस्य मणि थापा ओली समूहमा मिसिएका छन् । अर्कातिर, तत्कालीन माओवादीका असन्तुष्ट भनिएका स्थायी समिति सदस्य हरिबोल गजुरेल भने प्रचण्डतिरै लागेका छन् । पूर्व माओवादी तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने हालसम्म कुनै पनि समूहतर्फ झुकाव देखाएका छैनन् । थापाले सोमबार आफू निकट नेताहरुसँग छलफलमा प्रधानमन्त्री ओलीले चालेको कदम प्रतिगामी भएको भन्दै आलोचना भएको थियो । छलफलमा आफू निकट नेताहरुले उनलाई ओलीतिरै गए सहयोग गर्न नसक्ने बताएपछि थापा केही धरमरमा परेका थिए । गृहमन्त्रीसँगै नेकपाका उपाध्यक्ष वामदेव गौतमले अझै कित्ता क्लियर गरेका छैनन् । वामदेवले प्रतिनिधि सभा विघटन भएयता विज्ञप्ती निकाल्दै आफू पार्टी विभाजनको ‘अपजस’ बोक्न नसक्ने भन्दै मौन बसेका छन् । ३० महिनाअघि तत्कालीन एमाले र माओवादी एकीकृत भई बनेको नेकपा अहिले ‘फाइट टू फिनिस’को स्थितिमा आएर उभिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष