केन्द्रीय कमिटी बैठकमा ओलीको लय, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’

काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भन्दै प्रचण्ड–नेपाल समूहमाथि व्यंग्य गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले जीवन शर्माको गीत ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ गुनगुनाउँदै बैठकमा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपामा प्रचण्ड–नेपाल र ओली समूह बिच एकअर्कालाई दोषारोपण र कटाक्ष भईरहेको छ । यसैबिच प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड–नेपाल समुहप्रति लक्षित हुँदै उनले यस्तो बताएका हुन् । बालुवाटारमा बसेको बैठकबाट ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् । उनले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । ओलीको यो कदमसँगै नेकपा औपचारिक रुपमा फुटेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया