१६५ मा १२० सिट र समानुपातिकमा ५० लाख भोट ल्याउने ओलीको दाबी

काठमाडौं । फुट्दै गरेको नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । फुटको संघारमा रहँदै गर्दा बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटीको बैठकमा ओलीले प्रत्यक्ष सिटको १६५ मा १२० सिट आफ्नो समूहले जित्नुपर्ने दाबी ओलीले गरेका हुन् । समानुपातिकतर्फ ५० लाख भोट ल्याएर पहिलो दल मात्र होइन दुई तिहाई बहुमत ल्याउने गरी अघि बढ्नेसमेत बताए । ‘चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्छ । त्यो भोट समानुपातिकमा गिन्ती हुन्छ । र, हामीले दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं । ११६ जितेका थियौं भने ४ सिट थपेर १२० सिट जित्नुपर्नेछ’ ओलीले भनेका छन्, ‘कुन हिसाबले अघि बढ्छौं । आधी तुफानको रुपमा राष्ट्रिय राजनीतिमा अघि बढ्छौं । सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौ ।’ ओलीले गत आइतबार बहुमत रहेको प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते लाई मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । तर, प्रतिनिधिसभा विघटनको कानुनी व्यवस्था नै नभएको भन्दै ओलीको कदमको चौतर्फी विरोध भएको छ । कदम असंवैधानिक रहेको भन्दै निर्णय बदरको लागि सर्वोच्चमा रिट परेको छ । साथै ओलीले प्रतिनिधिसभा अब पुनस्थापना नहुने भन्दै चुनावमा होमिन पनि निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया