कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले जारी छ । संविधानमैं नभएको व्यवस्था अनुसार प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै आएको कांग्रेसले प्रधानमन्त्री केपी ओलीको कदमबारे बैठकबाट थप धारणा बनाउने तयारी छ । पदाधिकारी र पूर्व पदाधिकारी तहको बैठकले ओलीको कदम असंवैधानिक रहेको र राजनीतिक अस्थिरतातर्फ उन्मुख रहेको निष्कर्ष निकालेको थियो । कांग्रेसकै आयोजनामा सोमबार भएको नेकपाको प्रचण्ड–माधव नेपाल समूह र जसपाको बैठकले पनि ओली कदमको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । राजनीतिक संकटपछि समान धारणा बनाएर अघि बढ्न यी तीन दलले आ–आफ्ना पार्टीमा छलफल गरी पुनः बैठक गर्ने भएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया