श्रीमान प्रचण्डतिर, श्रीमती ओलीतिर

काठमाडौं । नेकपा फुटतर्फ उन्मुख देखिँदा यसको असर परिवार फुटसम्म देखिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै ओली समूह र प्रचण्ड समूहले छुट्टाछुट्टै बैठक गरिरहेको छ भने नेकपाका सांसदहरु पनि आफ्नो आफ्नो समूहतर्फ गइरहेका छन् । दुई अध्यक्षबीच फुटको संकेत देखिरहँदा यसले पार्टीभित्रका दम्पत्ती सांसदलाई पनि विभाजन गरेको छ । प्रतिनिधिसभामा नेकपाका सांसद रहेका रघुवीर महासेठ र जुली महत्तो पार्टीका फरक फरक अध्यक्षतर्फ पुगेका छन् । रघुवीर महासेठ प्रचण्ड समूहतर्फ पुगेका छन् भने उनकी पत्नी जुली महतो ओली खेमामा पुगेकी छिन् । सोमबार र मंगलबार दुवै दिन ओली समूहको बैठकमा महतो पुगेकी थिईन । यता उनका पति रघुवीर महासेठ भने प्रचण्ड समूहतर्फ लागेका छन् । मंगलबारको प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठकमा रघुवीर बबहरमहल पुगेका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा पनि फुटतर्फ लागेको देखिएको छ । ओलीले मंगलबार केन्द्रीय कमिटीको बैठक गरेका थिए, जसमा उनले नेकपाको अधिवेशनको घोषणादेखि ११ सय ९९ जनाको महाधिवेशन आयोजक समितिको पनि शपथ ग्रहणजस्ता कार्यक्रम भएको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया