केपी ओली नेकपाको अध्यक्षबाट बर्खास्त

काठमाडौं । नेकपाको जारी केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको पार्टी अध्यक्षबाट वर्खास्त गर्ने निर्णय गरेको छ । असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपाकाे प्रचण्ड-माधव नेपाल समूहले कारवाही स्वरुप ओलीलाई अध्यक्षबाट वर्खास्त गरेको हो । यस अघि ओलीलाई कारबाहीकाे लागि स्थायी समितिले सिफारिस गरेकाे थियाे । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सरकारको असंवैधानिक कदममा साथ दिएको भन्दै बैठकले विरोध गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक ९ पुसमा पुनः बस्ने जानकारी केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए । उनले केपी ओली सच्चिएर आए उनलाई पार्टीमा स्थान दिनबारे पनि निर्णय गरेको जानकारी दिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया