NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

महान पेलेलाई पछि पार्दै मेसीले रचे विश्वकीर्तिमान

अर्जेन्टिनी लियोनेल मेसीले स्पेनी बार्सिलोना फुटबल क्लबबाट विश्वकीर्तिमान बनाएका छन् । ब्राजिलका महान खेलाडी पेलेको नाममा रहेको ६४३ गोलको रेकर्ड तोड्दै मेसीले कीर्तिमान बनाएका हुन् । यस अघि पेलेको नाममा ब्राजिलको सान्तोष एकै क्लबबाट ६४३ गोलको कीर्तिमान थियो । तर, मेसीले बुधबार राती भालाडोलिडविरुद एक गोल गर्दै ६४४ गोलका साथ पेलेको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । कीर्तिमानी खेलमा मेसीको बार्सिलोना ३-० गोल अन्तरले विजयी भयो । मेसीले भ्यालेन्सियाविरुद्ध गत हप्ता गोल गर्दै पेलेको कीर्तिमानमा बराबरी गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष