NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

आलुको बीउ अभाव हुँदा किसान चिन्तित

ताप्लेजुङ । आलु रोप्ने समय शुरू भएपनि बीउको अभाव हुँदा ताप्लेजुंङका आलु किसान चिन्तित भएका छन् । आलुको भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका–६ को हिमाली बस्ती घुन्सा गाउँमा यसवर्ष राम्रोसँग आलु नफल्दा बीउको अभाव भएको हो । घुन्साका स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाका अनुसार यस वर्ष राम्रोसँग आलु फल्न सकेन् । उनले भने, ‘चैतमा आठ मुरी रोपेको आलुबाट पाँच मुरी मात्र उत्पादन भएकाले चिन्तित भएका छौं ।’ घुन्सामा राम्रोसँग आलु नफलेपछि अधिकांश किसानहरुलाई अहिले बीउको अभाव भएको छ । फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माका अनुसार हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण विगतको जस्तो आलु उत्पादन नहुँदा बीउको अभाव भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष