NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

बरू भोकै मर्छु भन्दै चर्चित नेतृ राईले पनि छोडिन् ओलीको साथ

काठमाडौं । नेकपाकी चर्चित नेतृ उषाकला राईले पनि प्रधानमन्त्री केपी ओलीले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छिन् । सामाजिक संजालमा लेख्दै राईले पद र पैसा केही होइन बरु भोकै मर्न तयार छु भन्दै ओलीको कमिटीमा नबस्ने घोषणा गरेकी हुन् । ‘यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होईन जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ’ राईले भनेकी छिन्, ‘यो बीचको विकसित राजनितिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु । तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’ उषाकलासहित ओली समूह छाेड्ने २० जना केन्द्रीय सदस्य पुगेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष