NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओली पार्टीका गद्दार हुन्, विध्वंश गरेर बाहिरिए : वरिष्ठ नेता खनाल

काठमाडाैँ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पार्टीप्रति गद्दारी गरी विध्वंश मच्याएर बाहिरिएको आरोप लगाएका छन् । उनले नेपालवाचसँग ओली समूह ‘मदन मण्डारी फाउण्डेशन’को नामबाट जननेता मदन भण्डारीको नाम दुरुपयोग गरी बदनाम गराएको आरोप लगाएका छन् । वरिष्ठ नेता खनालले भने,‘मदन भण्डारी फाउण्डेसन भनेको एउटा गुट हो । त्यो गुट मदन भण्डारीको नाम दुरुपयोग गरेर बदनाम गर्न खोलिएको हो । त्यही गुट अहिले एउटा पार्टी (ओली समूह)को रुपमा देखा परेको छ । त्यसले नै अहिले विध्वंस मच्याएको हो ।’ उनले आधिकारीक नेकपा आफूहरुको भएको दाबी गरेका छन् । उनले ओली समूहले पार्टी फुटाएर गएको पनि आरोप लगाएका छन् । खनालले भने,‘आधिकारिक पार्टी यही हो । मदनभण्डारी हुँदा पनि अनेक खालका वामपन्थी, उग्रपन्थीहरु आए गए । त्यही शिलसिला अहिले चलेको हो । हामी मदन भण्डारीसँगै एउटै पार्टी निर्माण गरेर आएका हौँ ।’ उनले बल्खुस्थित पार्टी कार्यालय गएर देशभरिका सम्पूर्ण जनतालाई आधिकारिक नेकपा हामी हौँ भनेर चिनाउन गएको पनि बताए । नेता खनालसँगकाे संक्षिप्त कुराकानी तपाइहरु बल्खुमा पुरानो कार्यालय भएको ठाउँ निरीक्षण गर्न जानुभएको की मदनभण्डारीको शालिकमा माल्यार्पण गर्न ? निरीक्षण र माल्यार्पणका साथसाथै देशभरिका सम्पूर्ण जनतालाई आधिकारिक नेकपा यो हो, हामी यही नेकपालाई सुदृढ, विस्तार र समुन्नत गर्ने कामहरु गर्छाैं भने सन्देश दिन गएको हो । मदन भण्डारीलाई सझदा र पार्टी फुट्दै गर्दा आत्मग्लानी भएको छैन ? आधिकारीक पार्टी यही हो । मदन भण्डारी हुँदा पनि अनेक खालका बामपन्थी, उग्रपन्थी आए/गए । मान्छेले पार्टी छोडेर गए । त्यही शिलशिला हो । अहिले केपी ओलीले पार्टीप्रति गद्धारी गरेर विध्वंस गरेरे बाहिर गएका छन् । मदन भण्डारी र हामी सँगै एउटै पार्टी निर्माण गरेर आएका हौ । हामीले आत्मग्लानी गर्ने केही विगारेका छैनौँ । मदन भण्डारी फाउण्डेसन, मदन भण्डारीको श्रीमतीको साथ नभएको नेकपामा मदन भण्डारीको आदर्श कसरी बाँकी रहला ? मदन मण्डारी फाउण्डेसन भनेको एउटा गुट हो । मदन भण्डारीको नाम दुरुपयोग गरेर उहाँलाई बदनामा गर्न बनाइएको गुट हो । त्यही गुटले अहिले पार्टी विध्वंस गरेको छ । त्यस्तो गलत संस्थाको आवश्यकता जरुर छैन । मदन भण्डारीसँग उहाँको नाममा जोडिएका संस्थालाई जोड्न हुन्न ।

ताजा अपडेट

नेपालवाच विशेष