NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पठाओले यात्रु र चालकको बिमा गर्ने

काठमाडौं । राइड सेयर कम्पनी पठाओले आफ्ना चालक र यात्रुको ५ लाखसम्मको बीमा गर्ने भएको छ। पठाओमा एप प्रयोग गरी यात्रा गर्दा दुर्घटना भई यात्रु वा चालकको मृत्यु वा अपाङ्गता भएमा बढीमा ५ लाख सम्मको बीमा गर्ने गरी एभरेस्ट इन्स्योरेन्स प्रा लि. सँग सम्झौता गरिएको छ । त्यस्तै पठाओको एप मार्फत सेवा दिने र लिनेको लागि १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको पठाओले सुचना जारी गरेको छ । यो बीमा सुविधा पठाओ खाना डेलिभरी गर्ने राइडरहरुले पनि पाउने छन् । त्यसैगरी पठाओका प्यासेन्जरले बीमा दावीको लागि एपमा आफ्नो नाम र जन्म मिती सही राख्नुपर्ने छ ।

ताजा अपडेट

नेपालवाच विशेष