इलाममा चार वर्षमा ९० बलात्कार

इलाम । विगत चार वर्ष यता इलाममा ९० वटा बलात्कारका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकका अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना घटेका हुन् । त्यस्तै, सन् २०१६ मा ११, ०१५ मा २१ र ०१४ मा ११ बलात्कारका घटना घटेको इन्सेकले जनाएको छ । बलात्कारमा पर्नेमध्येमा पनि सबैभन्दा धेरै बालिकाहरु रहेको देखिएको छ । इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिलामाथि भएको थियो । त्यस्तै, सन् ०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला, सन् ०१९ मा बलात्कारका २१ घटनामा १३ बालिका र ८ महिलामाथि घटेको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया