कर्णाली नदीको पानी जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

कर्णाली । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीको क्षेत्रमा पानी जमेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए । उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको उनले बताए । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए । उक्त ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले नदीबाट आउने हावाको वेगले अत्याधिक चिसो ल्याउने उनले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया