NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रचण्ड-नेपाल समूह पुग्यो निर्वाचन आयोग

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य भएकाले यो नै आधिकारिक नेकपा भएको तर्कसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको हो । प्रचण्ड–नेपाल समूहले केही बेरअघि माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमको विरोधमा प्रदर्शन गरेको थियो । उक्त आन्दोलनपछि नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको टोली निर्वाचन आयोग पुगेको हो । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले आफू नै आधिकारिक नेकपा भएको भन्ने तर्क राख्दै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष