NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरुले पौडेल विरुद्ध बागमती प्रदेशको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा राजनीतिक रुपले प्रचण्ड–नेपाल समूह र ओली समूह गरि दुई समूहमा विभाजित भएको छ । नेकपा विभाजनको अहिले असर प्रदेशस्तरमा पनि देखा परेको छ । यसअघि बागमती प्रदेशकै तीन मन्त्रीहरुले राजिनामा पनि दिएका थिए । बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रुपमा राजिनामा दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष