NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

इजलासमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले भने, ‘प्रश्न गर्ने हो भने हामी सबै उठेर गए हुन्छ’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सर्वोच्चमा भईरहेको सुनुवाइमा इजलास गठनमाथि नै प्रश्न उठेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासलाई लिएर प्रश्न उठाएका थिए । त्रिपाठीले इजलासको गठन नमिलेको आरोप लगाएका थिए । प्रधानन्यायाधीश जबराले भने आफूले गठन गरेको इजलासमाथि प्रश्न उठेपछि इजलासमाथि प्रश्न गर्ने हो भने सबै उठेर जाँदा हुने बताएका छन् । ‘तपाईं जस्तो सधैं संवैधानिक इजलासमा बहस गर्न आउने बरिष्ठ अधिवक्ताले यस्तो भन्न मिल्छ?’, जबराले इजलासमाथि शंका गर्न नमिल्ने बताउँदै भने, ‘यसरी प्रश्न गर्ने हो भने हामी सबै उठेर गए हुन्छ ।’ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले आफूसहित पाँचजनाको इजलास बनाएका थिए । उक्त इजालसमा जवरासहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष