NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

शरद ऋतुमा हिमाल आरोहणका लागि तीन समूह

काठमाडौं । शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार ‘विन्टर सिजन’का लागि अमादब्लम (६,८१४ मिटर), लुजा पिक (५७२६ मिटर) र काङ्गेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । अमादब्लम हिमाल आरोहणका लागि चार जनाको समूह, लुजा पिक चढ्न तीन जनाको समूह र काङ्गेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् । कोभिड–१९ महामारीबीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष