मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रिपरिषद्को बैठक बसेको छैन् । प्रतिनिधिसभा विघटन हुनअघि गत आइतबारको बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिलाई प्रस्ताव गरेको थियो । यसबिच प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै सात जना मन्त्रीहरुले राजिनामा दिएका थिए । आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आफूतर्फ आएका नेताहरुलाई रिक्त मन्त्री पदमा राख्ने सम्भावना छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया