NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

संसद् विघटनविरुद्धको रिटमा दोस्रो पटक पनि सर्वोच्चले अन्तरिम आदेश दिएन, सरकार र राष्ट्रपतिसँग कारण देखाउ आदेश माग

काठमाडौं ।संसद् विघटन विरुद्ध परेको रिटमा आज पनि सर्वोच्चले अन्तरिम आदेश दिएन । सर्वोच्चको संवैधानिक इजलासमा दोस्रो पटक संसद् विघटन विरुद्धको रिटमा सुनुवाइ भएको थियो । तर, यसपटक पनि सर्वोच्चले अन्तरिम आदेश दिएन । सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय र सरकारसँग संसद् विघटनका सम्बन्धमा कारण देखाउ आदेश माग गर्ने निर्णय गरेको छ । शुक्रबारको बहसमा अधिवक्ताहरूले रिटमाथि अन्तरिम आदेशको माग गरेका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अन्तरिम आदेश दिएका कारण संसद् ब्युँतिएर राष्ट्रपतिमाथि महाभियोग र प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भयो भने के हुन्छ भनेर प्रतिप्रश्न गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष