जालीझेली अपनाएर प्रतिनिधिसभा विघटन भयो: प्रचण्ड

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जालीझेली अपनाएर प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा दाहालले यस्तो बताएका हुन् । उनले पत्रकारलाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन भएको दिन आफूले पटक पटक प्रधानमन्त्री ओलीसँग भेटेर कुरा गर्न खोज्दा पनि कुरै नगरि प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको बताएका छन् । उनले भने, ‘मैले प्रतिनिधिसभा विघटन हुने खबर पाएपछि उहाँलाई पटक पटक भेट्न खोजें । तर, मलाई दिईएको समयमा उहाँ गईसक्नु भएको थियो । म बिहान ९ः ४५ मा पुग्दा उहाँ मन्त्रिपरिषद्को बैठकमा जानुभएको रहेछ ।’ आफूले केही समय छलफल गरेर मात्रै निर्णय लिनु भनेको कुरालाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेको दाहालले बताएका छन् । उनले भने, ‘जाली झेली अपनाएर प्रतिनिधिसभा विघटन गरियो । यो नेपालको इतिहासमा कलंक भएको महसुस गरेका छौं । प्रतिनिधिसभा विघटन भएको दिन नेपालको इतिहासको कालो दिन रहेको छ ।’ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । दुवै समूहले पार्टी राजनीतिक रुपमा विभाजित भएपछि एकअर्कालाई आरोप लगाईरहेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया