कमरेड बादलले यताका लागि तयार गरेको भाषण उता गरेजस्तो लाग्यो: प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो समूहका लागि तयार गरेको भाषण ओली समूहमा गरेजस्तो लागेको बताएका छन् । दाहालले पत्रकारको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले आफ्नो समूहमा गर्न तयार गरेको भाषण ओली समूहमा गरेझैं लागेको बताएका हुन् । उनले भने, ‘उहाँ उता किन जानुभयो भन्दा पनि मलाई त यताको लागि तयार गरेको भाषण उता गरेजस्तो लाग्यो । उहाँका शब्दहरु सुन्दा यताका लागि तयार गरेको भाषण उता गरेझैं लाग्यो ।’ सँगै, दाहालले बादल फर्किएर आफ्नै समूहमा आउनुपर्ने पनि बताएका छन् । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाका नेताहरुले आफ्नो आफ्नो समूह छानिरहेका छन् । यसबिच चार दिनसम्म चुपचाप रहेका गृहमन्त्री थापाले बिहीबार आफू ओली समूहमा रहेको बताएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया