आइतबारदेखि लागू हुनेगरी घट्यो ब्रोकर कमिसन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाएको छ । शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए । नयाँ कमिसन दर अनुसार संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने बोर्डले जानकारी गराएको छ । त्यसैगरी, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्क ५० प्रतिशतले घटेको छ । यसअघि लगानीकर्ता सम्वद्ध संघगठनहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत बनाउनुपर्ने माग गर्दै आएका थिए । सोही कुरालाई मध्यनजर गर्दै अर्थमन्त्री विष्णु पौडेलले पनि पुस ३ गते तत्काल ब्रोकर कमिसन घटाउन निर्देशन दिएका थिए।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया