NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

चिनियाँ राजदूत यान्छी र माधव नेपालबीच भेट

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ राजदूत हाउ यान्छीले भेटेकी छिन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार शुक्रबार दिउँसो चिनियाँ राजदूत यान्छी र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । रिजालका अनुसार भेटमा दुई मुलुकको आपसी हितको विषयमा छलफल भएको थियो । चिनियाँ राजदूत यान्छीले बिहीबार मात्रै नेकपाको प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेटेकी थिइन् । यसअघि गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र यान्छीबीच पनि भेटवार्ता भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष