कर्मचारी अभावमा पाँच महिनादेखि सेवा बन्द

बैतडी । विगत पाँच महिनादेखि बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द रहेका छन् । पाँच महिनादेखि सेवा बन्द हुनुको कारण एउटै छ– कर्मचारी अभाव । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा पाँच महिना यता कुनै पनि सेवा सञ्चालनमा आउन सकेका छैनन् । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार गत भदौ महिनादेखि कर्मचारीको अभावमा सवो प्रवाहमा समस्या भएको हो । उनी भन्छन्, ‘इलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायत सबै काम रोकिएका छन् ।’ प्रशासन कार्यालयमा एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिले एक नायब सुब्बा र एक कार्यालय सहयोगी मात्रै कार्यालयमा छन् । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कर्मचारी अभाव हुँदा पुर्चौंडीबाट नागरिकताका लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ । कर्मचारी कभाव भएसागै कर्मचारी पदपूर्तिका लागि गृह मन्त्रालयमा पत्रचार गरिएपनि अहिलेसम्म कर्मचारी नआएको सहायक नेगी बताउँछन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया