NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गएको छ । रेसुंगा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए। बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आज बिहान करीब २ः०० बजे रेसुंगा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो । ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीय गोपाल टण्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष