NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन [फोटो फिचर]

काठमाडौँ – जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ। गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जसपा आन्दोलित भएको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता अशोक राईलगायत प्रदर्शनमा सहभागी छन्। उनीहरुले अहिले सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै जसपाले ८ पुसदेखि नै प्रदर्शन गर्दै आएको छ।

ताजा अपडेट

नेपालवाच विशेष