NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रतिनिधिसभा विघटनपछि राष्ट्रपतिले डाकिन् राष्ट्रियसभाको अधिवेशन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छिन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिए । नुभएको छ । तर, १७ पुससम्ममा अधिवेशन डाक्नैपर्ने प्रतिनिधिसभालाई भंग गर्न प्रधानमन्त्री केपी ओलीले गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गरेक थिइन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै पुनस्थापनाको लागि अदालतसम्म मुद्दा पुगेको छ । सत्तारूण नेकपाभित्रको आन्तरिक राजनीतिमा विवाद हुँदा प्रतिनिधिसभा विघटन भएको थियो । विघटनपछि दलहरूबीच दुरुमात्र बढेको छैन । राजनीतिक संकटसमेत चुलिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष