NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड समूहको विरोध प्रदर्शन हुँदै

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीओलीको कदमको विरोध प्रर्दशनमा भाग लिन काठमाडौं आसपासका जिल्लाका हजारौं कार्यकर्ता काठमाडौं उतार्ने तयारी नेकपाको छ । काठमाडौंका बानेश्वर, कुलेश्वर, लैनचौर, टेकु, नक्साल, रत्नपाार्कसहितका क्षेत्रबाट जुलुससहित भृकुटी मण्डपमा विरोध सभा गर्ने तयारी छ । सभालाई प्रचण्ड, माधव नेपालसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । ११ बजेबाट जुलुससहितको प्रदर्शन भृकुटीमण्डपतर्फ लाग्ने नेकपाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष