प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था थप जटिल, भारत लाने तयारी

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाललाई थप उपचारका लागि भारत लैजाने तयारी परिवारले गरेको छ । उनलाई थप उपचारका लागि भोलि (सोमबार) नै भारत लैजाने तयारी भइरहेको प्रचण्डको निजी सचिवालयले बताएको छ । प्रचण्डका जेठा ज्वाईं अर्जुन पाठकका अनुसार हाल उपचार भइरहेको मेडिसिटी अस्पतालमा थप उपचार सम्भव नभएपछि अस्पतालकै सिफारिसमा दाहाललाई भारत लगिन लागेको हो । दाहाल पार्किन्सन जस्तो देखिने वंशानुगत रोगबाट लामो समयदेखि पीडित छिन् ।उनलाई गत बुधबार मात्रै मेडीसिटीमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया