NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

प्रधानमन्त्री ओली अवहेलना मुद्धामा लिखित जवाफ बोकेर आफैँ अदालत जानुपर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्धामा लिखित जवाफ सहित आफैँ अदालत उपस्थित हुनुपर्ने भएको छ । अदालतको अवहेलना मुद्धामा सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो । प्रतिनिधिसभा विघटन सम्वन्धि विषयमा प्रधानमन्त्री ओलीले ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको ’ अभिव्यक्ति दिएका थिए । त्यहि अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो रु भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष