NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

सुवास नेम्बाङ भन्छन् – नेकपाको आधिकारीकता विवाद टुंगिसकेको छ, हामी नै आधिकारीक हौं

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षले आफू नै आधिकारीक भएको दावी गरेको छ । दल दर्ता र निर्वाचन तयारीका सम्बन्धमा छलफलका लागि निर्वाचन आयोग पुगेका ओली पक्षका नेता सुवास नेम्बाङले आयोगले नेकपाको आधिकारीकता विवाद टुंग्याइसकेको र ओली पक्ष नै नेकपाको आधिकारीक भएको दावी गरे । ‘निर्वाचन आयोगले आधिकारीकताको विवाद टुंग्याइसकेको छ, हाम्रो बुझाइमा हामी नै आधिकारीक हौं,’ नेम्बाङले भने, ‘केही साथीहरूलाई उनीहरू नै आधिकारीक हो भन्ने लागेको छ भने यो प्रक्रियाबाटै टुंगिसकेको छ ।’ तोकिएको मिति वैशाख १७ र २७ मै निर्वाचन हुने प्रधानमन्त्रीको सन्देश रहेको र उक्त विषय आयोगमा पनि आफूहरूले जानकारी गराएको नेता नेम्बाङले बताए । सर्वोच्च अदालतबाट निर्वाचनका सम्बन्धमा स्थगत आदेश जारी नभएकाले आयोगसहित सम्बन्धित सबैले निर्वाचन तयारी तदा?कताका साथ अगाडि बढाउनुपर्ने नेता नेम्बाङको भनाइ थियो । निर्वाचन अहिले सबैभन्दा महत्वपूर्ण र सबै भन्दा माथिको प्राथमिकतामा पर्ने विषय भएको पनि नेम्बाङले बताए । अहिलेको अवस्थामा निर्वाचनमा लाग्नुबाहेक अरू विकल्प नभएको उनको भनाइ थियो । निर्वाचनबाटै सबै विषय टुंगो लाग्ने उनको जिकिर छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सम्भव भएको जानकारी आफूहरूलाई आयोगले गराएको पनि नेता नेम्बाङले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष