काेराेना महामारी पीडित सर्वपक्षीय पेशा समितिद्वारा आन्दोलनको घोषणा

काठमाडाैँ – महामारी पीडित सर्वपक्षीय पेशा तथा व्यवसायी संघर्ष समितिले १८ माघदेखि आन्दोलन गर्ने भएको छ। कोरोना संक्रमणका कारण व्यवसायमा परेको संकट न्यूनीकरणका लागि सरकारले राहत नदिएको भन्दै व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। सरकारलाई चरणबद्ध रुपमा समस्याको जानकारी दिँदा पनि केही सुनुवाइ नभएपछि सडकमा उत्रिन बाध्य भएको समितिले जनाएको छ। सरकारले आह्वान गरेको लकडाउनमा व्यवसाय बन्द हुँदा पनि कर छुट नगरेको र बैंक तथा वित्तीय संस्थाले मौद्रिक नीतिको खिलाफमा गई ब्याज किस्ता तिर्न धरपकड गरेको हुँदा आन्दोलन गर्न बाध्य भएको समितिले जनाएको छ। ‘मौद्रिक नीति व्यवसायलाई राहत प्रदान गर्ने जस्तो देखिएपनि वास्तवमा असरप्रति व्यवसाय र बैंकमा लगानी गर्नसक्ने बैंकका मालिकहरूलाई मात्र सहुलियत प्रदान गरियो,’ समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ। मध्यम वर्गको व्यवसायमा शोषण कम नभएको र व्यवसाय सुरु नभएसम्म सहुलियत ब्याज मात्रै तिर्न सक्ने व्यवस्था मिलाउन समितिले माग गरेको छ।
प्रतिक्रिया