NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

मुद्दा चलेकोले मात्रै ओली कारबाहीबाट बचे : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली कारवाहीको भागीदार भएको बताएका छन् । धनगढीमा आयोजित विरोधसभा प्रचण्डले अदालतमा मुद्दा चलेकोले मात्रै ओली कारवाहीबाट जोगिएका बताएका हुन् । ‘ओलीले चालेको प्रतिनिधिसभा विघटन असंवैधानिक छ । तर, पनि सर्वोच्च अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्छ भन्ने विश्वासमा हामी छौं’ प्रचण्डले भने, ‘‘सर्वोच्च अदालतमा यो मुद्दा हुँदैनथ्यो भने हामी संसद बैठक चलाउँथ्यौं । संसद् बोलाएर केपी ओलीलाई कारबाही गर्ने अधिकार पनि हामीसँग थियो ।’ विकल्पको रुपमा सभामुखले संसद् बोलाउने र संसदको दुई तिहाईले केपी ओलीले गरेको राष्ट्रघातका लागि कारबाही गर्ने तागत राख्ने प्रचण्डको भनाई थियो ।

ताजा अपडेट

नेपालवाच विशेष