१० लाख नगद पुरस्कार राशीको प्रधानमन्त्रीकप पुरुष क्रिकेटको उपाधि आर्मीलाई

काठमाडौं । एपिएफ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ । आर्मीले ३३ रनले हराउँदै एकदिवसीय याे उपाधि जितेको हो । २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १० गुमाएर १७८ रनमात्र जोड्न सक्यो । अन्तिम चार विकेट चार रनको अन्तरमा गुमाएपछि एपिएफ ८.५ ओभर बाँकी भएर पनि पराजित हुन पुग्यो । आमीलाई जित दिलाउन बलिङतर्फ जितेन्द्र मुखिया, विक्रम सोव र साहव आलमले तीनतीन विकेट लिए । एपीएफलाई जिततर्फ लान आसिफ शेखले ६१ र सन्दीप जोराले २९ रन बनाए पनि पर्याप्त भएन । जोरा कडा प्रहार गर्ने क्रममा क्याचआउट भएपछि आर्मी खेलमा फर्किंदै उपाधिसम्म पुग्यो । ३९ अाैं ओभरमा १० रन बनाइसक्दा पनि अन्तिम बलमा जोरा कडा प्रहार गर्ने क्रममा क्याचआउट हुन पुगेका थिए । आर्मीका लागि हरि चौहानले ५८ रनको योगदान दिंदा टिमले औसत चुनौती दिन सफल भएको थियो ।
प्रतिक्रिया