NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

‘कमलपोखरीका अनधिकृत संरचना भत्काउँदा विरोध नगरौं’

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको बताए । कमल पोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताएका हुन् । उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति नलिइ बनाइएको जानकारी उनले दिए । कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौँ महानगरपालिको अनुरोधमा छोडेको उनको भनाई छ । स्पोर्टस् क्लव र राधेराधेको भवन अनाधिकृत रुपमा निर्माण भएको सुचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष