आगामी तीन हप्तामा माग पूरा नभए सत्याग्रह सुरु गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरि चालेको असंवैधानिक कदमको विरोधमा डा. गोविन्द केसीले २० औं सत्याग्रहको घोषणा गर्ने भएका छन् । केसीले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने माग राख्दै २० औं सत्याग्रहको घोषणा गरेका हुन् । आफूले राखेका मागहरु आगामी तीन हप्तासम्म पूरा नभएमा फागुन १२ गतेबाट २० औं सत्याग्रह सुरु हुने चेतावनी दिएका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै डा. गोविन्द केसीले २० औं सत्याग्रहको बारेमा जानकारी दिएका हुन् । अहिले देशमा संवैधानिक संकट आइपरेको र संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संख्था आफ्नो स्वास्थ्यअनुसारको काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमार्फत भविष्यका कैयौं पुस्ताको भविष्य अन्धकार हुने गरी संविधान कुल्चिन दिन नहुने भएकाले त्यसको रक्षा गर्न आह्वान गरिएको छ । उक्त विज्ञप्तमिा भनिएको छ, ‘यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।’
ताजा अपडेट
-
मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना कति ?
-
‘बिचौलियाका स्वार्थमा रहेर भूमिसम्बन्धी विधेयक आयो’
-
मुसहर समुदायका महिला नागरिकता नभएर मौलिक हकबाट वञ्चित छन् : मुख्यमन्त्री सिंह
-
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
-
हुम्ला विपद् घटना : तत्काल राहत र उद्धार गर्न सांसदकाे आग्रह
प्रतिक्रिया