जसपाका नेता उपेन्द्र र राजेन्द्र भन्छन् ओली नेतृत्वको एमालेसँग सरकारमा सहकार्य हुँदैन

काठमाडौं । जसपाले केपी ओलीसँग सहकार्य गर्ने चर्चा भइरहेका बेला प्रभावशाली नेताहरुले ओलीसँग कुनै सत्ता सहकार्य नहुने बताएका छन् । बरु संविधान मास्न खोजेर प्रतिनिधिसभा विघटन गने ओलीलाई हटाउनु नै आफूहरुको ध्येय भएको नेता उपेन्द्र यादव र राजेन्द्र महतोले बताएका हुन् । ‘हामी लोकतन्त्र, संघीयता, गणतन्त्रको रक्षाको लागि परिवर्तनका पक्षधरसँग सहकार्य गर्न सक्छौँ ।’ प्रतिनिधिसभा बैठकपछि यादवले भने, ‘हाम्रा मधेसका धेरै मुद्दा छन् । संविधान संसोधनको विषय बाँकी छ । अब जसले संविधान संसोधनको विषयलाई अघि बढाउँछ उसैसँग सहकार्य हुन्छ । तर, हाम्रो माग एमालेले पूरा गर्न सक्दैन । किनकी उनीहरुलाई हामीले हेरिसकेका छौं । त्यसैले एमालेसँग हाम्रो सहकार्य हुँदैन ।’ अर्का नेता राजेन्द्र महतोले पनि केपी ओलीको सरकारलाई पहिलेदेखि नै समर्थन गरे पनि उनीबाट धोका मात्रै पाएको बताए । आफूहरुले पटकपटक सहयोग गर्दै आए पनि धोका मात्रै मिलेको भन्दै महतोले आफूहरुको माग पूरा गर्ने दलप्रति भने सहानुभूति हुने उनले बताए ।
ताजा अपडेट
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य
प्रतिक्रिया