आखिर किन अवकास लिने विचारमा पुगिन् अमेरिकी गायिका सेलेना गोमेज ?

काठमाडौं । अमेरिकी पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने विचारमा रहेकी छिन् । मंगलबार भोग म्यागजिनसँगको एक अन्तर्वार्तामा उनले आफ्नो संगीत करियर स्थिर हुन नसक्ने कुरा व्यक्त गरेको हलिउड लाइफमा उल्लेख छ । ‘जब मानिसहरूले मेरा गीतलाई गम्भीर रूपमा लिदैनन्, मलाई पनि संगीत जारी राख्न गाह्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘यस्ता समयहरू पनि थिए जहाँ म किन गीत गाइरहेको छु, आखिर योबाट मैले के पाएँ जस्ता कुरा मनमा प्रश्न उठ्थ्यो।’ सेलेनाले आफ्नो संगीत करियर डिज्नी च्यानलको ‘विजार्ड अफ वेभरली प्लेस’ सिरिजको लागि थिम गीत गाएर सुरू गरेकी थिइन्। उनले तीस भन्दा बढी गीत रिलिज गरिसकेकी छिन्। अहिले उनी विश्वकै सम्मानित गायिकाको सूचीमध्ये पर्छिन् तर पनि गायन क्षेत्र आफ्नो लागि नभएको कारण उनले बताएकी छन् सन् २०२० मा रिलिज भएको उनको गीत ‘लुज यू टु लभ मी’ पछि सेलेनालाई आफ्नो करियरप्रति प्रश्न उठेको उनले बताएकी छिन्। उनका अनुसार ‘लुज यू टु लभ मी’ उनलाई अहिलेसम्मकै मन परेको गीत थियो तर त्यसले उनका फ्यानहरूका अपेक्षा मेटेको थिएन। केही गीत उनको पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको पनि अनुमान लगाइन्छ तर सेलेनाले यो कुरा अस्वीकार गरेकी छिन्। ‘कयौं मानिसले मेरा गीत मन पराउँछन् र म त्यसको लागि आभारी छु,’ उनले भनेकी छिन्, ‘अबका गीतहरू भने फरक तरिकाले बनाउने सोच गरिरहेको छु। संगीतबाट अवकाश लिनुअघि अन्तिम पटक नयाँ प्रयास गर्न मन छ।’ अवकाश लिने विषयमा सेलेनाले खुलेर नबोले पनि धेरैले उनी संगीत क्षेत्रबाट बिस्तारै टाढा हुन सक्ने अनुमान लगाएका छन्। हाल सेलेना टेलिभिजन सिरिज ‘वान्ली मर्डर्स इन द बिलडिङ’को सुटिङमा व्यस्त छिन्। उनी यस सिरिजमा कार्यकारी निर्माताको रूपमा काम गरिरहेकी छिन्। एजेन्सीहरुको सहयोगमा
ताजा अपडेट
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य
प्रतिक्रिया